


तनहुँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तनहुँ जिल्ला अदालतबाट ३ लाख ८१ हजार ३ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश, श्रेस्तेदारसहित सम्पूर्ण कर्मचारीहरूका तर्फबाट उक्त रकम सहयोगस्वरूप कोषमा जम्मा गरिएको हो।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अदालत परिवारले सामूहिक रूपमा आर्थिक सहयोग गरेको जनाइएको छ।