


तनहुँ, २५ भदौ । बाल दिवसलाई लक्षित गर्दै इनरह्विल क्लब दमौलीले व्यास नगरपालिका–१० कमलटारीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रा शितल थापालाई कक्षा ६ देखि १० सम्मको छात्रवृत्ति प्रदान गरेको छ।
बुधबार आयोजित कार्यक्रममा विद्यालयको कक्षा ७ मा अध्ययनरत शितललाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्रीसहित छात्रवृत्ति प्रदान गरिएको क्लबकी अध्यक्ष सबिता श्रेष्ठले बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठक तथा प्रधानाध्यापक रामचन्द्र पोखरेलको उपस्थिति रहेको थियो।