बालमन्दिर माविमा लागुऔषध, साइबर अपराध र आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बालमन्दिर माविमा लागुऔषध, साइबर अपराध र आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८३, बिहीबार

    तनहुँ, २५ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा बालमन्दिर माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन, साइबर अपराध नियन्त्रण तथा आत्महत्या न्यूनीकरणसम्बन्धी बृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबाट जोगिन, साइबर अपराधका जोखिमबारे सचेत रहन तथा मानसिक तनाव र समस्यालाई सकारात्मक रूपमा व्यवस्थापन गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी सहायक निरीक्षक दीपा खत्रीले सहजीकरण गर्दै लागुऔषधको प्रयोगबाट हुने कानुनी, सामाजिक तथा स्वास्थ्यसम्बन्धी असर, सामाजिक सञ्जाल तथा इन्टरनेटको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय र आत्महत्या रोकथामका विषयमा जानकारी गराएकी थिइन् ।

    विद्यार्थीलाई समस्या वा तनावमा परेको अवस्थामा एक्लै नबस्न, विश्वासिलो व्यक्ति, अभिभावक, शिक्षक वा सम्बन्धित निकायसँग खुलेर कुरा गर्न आग्रह गरिएको थियो।