देवीघाटमा नेपाली सेनाले जडान गर्‍यो ५७.९ मिटर लामो एक्रो ब्रिज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देवीघाटमा नेपाली सेनाले जडान गर्‍यो ५७.९ मिटर लामो एक्रो ब्रिज

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८३, बिहीबार

    रसुवा, २५ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नुवाकोट–५, देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले अस्थायी मोटरेबल पुल जडान गरी सडक सञ्चालनमा ल्याएको छ।

    नेपाली सेनाले ५७.९ मिटर लम्बाइ, ५.५ मिटर चौडाइ र अधिकतम ६० टन भारवहन क्षमता भएको Advance Modular Panel Bridge (एक्रो ब्रिज) जडान गरेको हो।

    पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै सवारीसाधन सञ्चालनमा समेत सुविधा पुगेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

    बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना तथा प्रभावित क्षेत्रमा यातायात सेवा सुचारु गर्न नेपाली सेनाले निरन्तर काम गरिरहेको जनाएको छ।