भोटेकोशी बाढीपछि सम्पर्कविहिन तनहुँका ३७ मध्ये ९ जना सम्पर्कमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढीपछि सम्पर्कविहिन तनहुँका ३७ मध्ये ९ जना सम्पर्कमा

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८३, शुक्रबार

    तनहुँ, २६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि तनहुँ जिल्लामा स्थायी बसोबास गर्ने ३७ जना सम्पर्कविहीन भएकामा ९ जना सम्पर्कमा आएका छन् । 

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहानसम्म २८ जना अझै सम्पर्कविहीन रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको बताए। उनका अनुसार सम्पर्कमा आएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने र बाँकी व्यक्तिहरूको खोजी तथा सम्पर्क प्रयासलाई निरन्तरता दिइएको छ।