


दमौली, २६ भदौ । हरितालिका तीजको अवसरमा व्यास नगरपालिकाले भदौ २९ गते सोमबार स्थानीय बिदा दिने भएको छ।
व्यास नगरपालिकाको भदौ २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) र नगरपालिका मातहतका संघ–संस्थामा स्थानीय बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाले भदौ २६ गते सूचना जारी गर्दै सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराएको छ।