गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८३, शनिबार

    गैडाकोट, २७ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोटमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा चालकसहित १८ जना घाइते भएका छन्।

    शनिबार बिहान करिब ६:५० बजे गैंडाकोट नगरपालिका-१२ स्थित हर्कपुरमा दुर्घटना भएको हो। पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज पठाइएको छ।

    घाइते :-
    लु २ ख ६४५७ नं.को बसमा सवार:-
    १.जिल्ला कालिकोट तिलागुफा न.पा. -०३ बस्ने वर्ष अं. ३६ को धनमान हमाल, (पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको)
    २. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -०५ बस्ने वर्ष अं. ६० कि लिला थापा, (पुरानो मेडिकल कलेज, चितवनमा उपचार भईरहेको)
    लु २ ख ६०३६ नं. बसमा सवार:-
    नयाँ चितवन मेडिकल कलेजमा उपचार भईरहेका घाईते:-
    ३. लु २ ख ६०३६ बस चालक जि. चितवन भरतपुर ४ बस्ने बर्ष ४७ को सन्तोष बहादुर गुरुङ,
    ४. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -०७ बस्ने वर्ष १२ कि आत्रिया पौडेल,
    ५. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -१५ बस्ने वर्ष ४० की माधवा ज्ञावाली,
    ६. जिल्ला गोरखा गोरखा बस्ने बस्ने वर्ष ३५ को शकर बयलकोटी,
    ७. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -०२ बस्ने वर्ष ३८ कि सिता ज्ञावाली,
    ८. ऐ.ऐ. बस्ने वर्ष ११ कि जस्विन ज्ञवाली,
    ९. जिल्ला चितवन र.न.पा. -०२ बस्ने वर्ष १० कि दिभा रानाभाट,
    पुरानो चितवन मेडिकल कलेजमा भएका घाईते:-
    १०. जिल्ला बारा, कलैया उ.म.न.पा. -०९ बस्ने वर्ष ६० को मोहन भैया साह,
    ११. जिल्ला चितवन भरतपुर म.न.पा. -०२ बस्ने वर्ष ३१ कि निशा तिवारी,
    १२. ऐ. बस्ने निशा तिवारीको छोरा अं. वर्ष ८ को ऐट्रेन भट्ट,
    १३. जिल्ला दाङ बस्ने वर्ष अं. ५५ को निमलाल खड्का,
    १४. ऐ.ऐ. निज निमलाल खड्काको श्रीमती अं. वर्ष ५५ कि. अमृता खड्का,
    १५. जिल्ला रुपन्देही मायादेवी गा.पा. ६ बस्ने वर्ष ५७ को मनोज गुरुङ,
    १६. ऐ.ऐ. मनोज गुरुङको श्रीमति वर्ष ५१ कि हुमा गुरुङ,
    १७. जिल्ला नवलपरासी, गैंडाकोट न.पा. -०५ बस्ने वर्ष ५२ को प्रेम बहादुर रानाभाट
    १८. जिल्ला नवलपरासी (पूर्व), गैंडाकोट न.पा. -०६ बस्ने वर्ष अं. ४३ की मिरा आचार्य