


तनहुँ ३० भदाै । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बनकेवा चोकस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
बेलचौताराबाट दुलेगौडातर्फ जाँदै गरेको ग ९ प ७०६८ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा निवासी ३० वर्षीय मदन थापाको दायाँ कुममा चोट लागेको छ।
घाइते थापाको तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ।