मुगुमा दुई पटक भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुगुमा दुई पटक भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८३, बुधबार

    मुगु, ३१ भदौ । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भदौ ३१ गते बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

    त्यसैगरी, बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

    दुवै भूकम्पको विवरण राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र/खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको हो। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।