डुम्रे बजारदेखि बेलबन्ज्याङसम्म सीसी क्यामेरा जडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रे बजारदेखि बेलबन्ज्याङसम्म सीसी क्यामेरा जडान

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८३, बुधबार

    तनहुँ, ३१ भदौ । बन्दीपुर गाउँपालिका–१ ले करिब ११ लाख रुपैयाँको लागतमा डुम्रे बजारदेखि बेलबन्ज्याङसम्मको क्षेत्रमा सीसी क्यामेरा जडान गरेको छ।

    वडाध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार चोरीजन्य घटना, सवारी दुर्घटना तथा सवारी साधनको लापरवाही नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले वडा क्षेत्रका मुख्य स्थानमा सीसी क्यामेरा जडान गरिएको हो।

    सीसी क्यामेराले बजार तथा सडक क्षेत्रमा निगरानी बढाउनुका साथै आपराधिक तथा दुर्घटनाजन्य घटनाको अनुसन्धानमा प्रहरीलाई समेत सहयोग पुग्ने वडा कार्यालयको विश्वास छ।

    वडाध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमा पनि सीसी क्यामेरा जडानका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। आगामी दिनमा बस्ती बाक्लो भएका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत सीसी क्यामेरा थप गर्दै लैजाने वडाको योजना रहेको उनले बताए।