संविधान दिवसमा सांसद न्यौपानेको सन्देश : परिवर्तन कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा सांसद न्यौपानेको सन्देश : परिवर्तन कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८३, शनिबार

    तनहुँ । संविधान दिवसका अवसरमा तनहुँ–२ का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले संविधानमा सुनिश्चित गरिएका अधिकार र परिवर्तन जनताको जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

    शुभकामना सन्देश जारी गर्दै न्यौपानेले संविधानलाई नेपाली जनताको सपना, संघर्ष र भविष्यको मार्गचित्रका रूपमा उल्लेख गर्दै अब जनता नारा नभई सुशासन, पारदर्शिता, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारी र विकासको प्रत्यक्ष परिणाम चाहने बताएका छन्।

    उनले युवा पुस्ताले उठाएका आवाजलाई राम्रो भविष्यको खोजीका रूपमा बुझ्नुपर्ने धारणा राख्दै नेपालको जलस्रोतलगायत ऊर्जा सम्भावनालाई उत्पादन, उद्योग, रोजगारी र आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन्।

    न्यौपानेले संविधान दिवसलाई आत्मसमीक्षाको दिनका रूपमा लिँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा ज्ञानलाई संयोजन गरेर समृद्ध नेपाल निर्माणमा सबै दल र नागरिकले सहकार्य गर्नुपर्ने बताएका छन्।