जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८३, शनिबार

    चितवन, ३ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपपर रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको छ।

    चितवनको मध्यवर्ती क्षेत्र २० हजारी ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

    थापामगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भैरहेको बताए । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।