


दमौली, ४ असोज । नेपाली कांग्रेस व्यास नगरपालिका–४ को सभापतिमा बासुदेव सापकोटा सर्वसम्मत निर्वाचित भएका छन्।
आइतबार सम्पन्न वडा अधिवेशनबाट सापकोटालाई वडा सभापतिको जिम्मेवारी दिइएको हो। सापकोटाको नेतृत्वसँगै व्यास–४ कांग्रेसको नयाँ नेतृत्वमा युवाको सहभागिता देखिएको छ।
वडाका अन्य पदाधिकारी तथा सदस्यका लागि भने अहिले छलफल भइरहेको बताइएको छ।
नेपाली कांग्रेस तनहुँले जिल्लाका ८५ वटै वडामा नयाँ वडा समिति गठन तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको छ। वडा तहबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी अधिवेशनका लागि संगठनात्मक गतिविधि तीव्र बनेका छन्।