शिक्षकहरूको दलगत राजनीतिक संलग्नताबारे छानबिन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षकहरूको दलगत राजनीतिक संलग्नताबारे छानबिन माग

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८३, मंगलवार

    तनहुँ, ६ असोज । व्यास नगरपालिका क्षेत्रका केही शिक्षक तथा प्रधानाध्यापकहरू दलगत राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै छानबिन तथा आवश्यक कारबाहीको माग गरिएको छ।

    व्यास–१ निवासी सन्तोष शर्माले व्यास नगरपालिकाका प्रमुखसमक्ष निवेदन दिँदै नेपाली कांग्रेसको हालैको अधिवेशनका क्रममा केही शिक्षक तथा प्रधानाध्यापकहरू राजनीतिक गतिविधिमा सहभागी भएको विवरण सार्वजनिक भएको उल्लेख गरेका छन्।

    निवेदनमा दमौलीस्थित एक विद्यालयकी प्रधानाध्यापक शारदा अधिकारी पेशागत क्षेत्रको कोटाबाट व्यास–२ बाट प्रतिनिधि निर्वाचित भएको तथा चन्द्रमणि कोइराला, हिराबहादुर अधिकारी, राजु ढकाललगायत शिक्षक निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी भएको विवरणको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।

    निवेदकले सार्वजनिक भएका विवरण सत्य ठहरिएमा प्रचलित कानुन, सेवा सर्त तथा शिक्षकको आचारसंहिताबमोजिम आवश्यक कारबाही गर्न माग गरेका छन्। साथै अन्य शिक्षक तथा प्रधानाध्यापकसमेत दलगत राजनीतिक गतिविधिमा संलग्न भए/नभएको विषयमा तथ्य संकलन गरी निष्पक्ष छानबिन गर्न नगरपालिकासँग आग्रह गरिएको छ।

    शैक्षिक संस्थामा पदीय मर्यादा, निष्पक्षता र सुशासन कायम गर्न नगरपालिकाले विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने निवेदकको माग छ।