प्रधानमन्त्रीसँग सांसद न्यौपानेको विशेष भेट, भोटेकोशी बाढीदेखि सुरुङ निर्माणसम्म छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्रीसँग सांसद न्यौपानेको विशेष भेट, भोटेकोशी बाढीदेखि सुरुङ निर्माणसम्म छलफल

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८३, मंगलवार

    काठमाडौं, ६ असोज । तनहुँका सांसद श्रीराम न्यौपानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग करिब ५० मिनेटको विशेष भेटवार्ता गरी विपद् व्यवस्थापन, पूर्वाधार विकास तथा राष्ट्रिय गौरवका आयोजनासहित विभिन्न विषयमा छलफल गरेका छन्।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा भएको भेटमा भोटेकोशी बाढीबाट सिर्जित मानवीय, भौतिक तथा आर्थिक क्षति, जलविद्युत आयोजनाको पुनर्स्थापना तथा राहतका सम्भावनाबारे गहन छलफल भएको सांसद न्यौपानेले बताएका छन्।

    भेटका क्रममा हिमताल जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, सुरुङ निर्माण प्रविधि तथा उद्धार कार्य लगायतका विषयमा समेत विचार आदान–प्रदान भएको थियो। साथै, उद्धार कार्यमा सागर ढकाल र आफूले निर्वाह गरेको भूमिका, राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको अनुभव तथा मेलम्ची खानेपानी आयोजना र नागढुङ्गा सुरुङमार्ग निर्माणमा प्राप्त प्राविधिक योगदानबारे पनि छलफल भएको न्यौपानेले उल्लेख गरेका छन्।

    राष्ट्रको नीति निर्माण तहका नेतृत्वसँग प्राविधिक अनुभव र ज्ञान आदान–प्रदान गर्ने अवसरलाई आफूले महत्वपूर्ण र प्रेरणादायी रूपमा लिएको सांसद न्यौपानेको भनाइ छ।

    उनले पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा सुरक्षित भविष्य निर्माणका लागि इन्जिनियरिङ ज्ञान र प्राविधिक योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।