काङ्ग्रेस तनहुँका ८५ वडामा महिला नेतृत्व शुन्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँका ८५ वडामा महिला नेतृत्व शुन्य

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ, ७ असोज । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनबाट तनहुँका वडामा महिला नेतृत्व शुन्य भएको छ । जिल्लाका दश स्थानीय तहका ८५ वटै वडामा पुरुष सभापति चयन भएका छन् ।

    व्यास नगरपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका १२, भिमाद नगरपालिकाका ९, भानु नगरपालिकाका १३, देवघाट गाउँपालिकाका ५, आँबुखैरेनी गाउँपालिकाका ६, ऋषिङ गाउँपालिकाका ८, घिरिङ गाउँपालिकाका ५, म्याग्दे गाउँपालिकाका ७ र बन्दीपुर गाउँपालिकाका ६ वडामा सभापति चयन भएको नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    वडा तह पार्टी सङ्गठनको सबैभन्दा महत्वपूर्ण आधारका रूपमा लिइने भए पनि नेतृत्व चयनमा महिलाको उपस्थिति नदेखिनुले काङ्ग्रेसको वडा तहको नेतृत्वमा लैङ्गिक प्रतिनिधित्वको अवस्था कमजोर देखिएको छ ।

    वडा सभापतिका रूपमा चयन भएकामध्ये व्यास नगरपालिकामा वडा नं. १ मा ठाकुर दरै, २ मा रमेश गिरी, ३ मा ठाकुरप्रसाद पौडेल, ४ मा बासुदेव सापकोटा, ५ मा खिमबहादुर थापा, ६ मा मोहन भण्डारी, ७ मा युवराज गुरुङ, ८ मा राजु गुरुङ, ९ मा अमृत थापा, १० मा चेतबहादुर दरै, ११ मा गोपाल घर्ती, १२ मा अशोक पन्त, १३ मा नवीन पुरी र १४ मा दुर्गाबहादुर आले रहेका छन् ।

    शुक्लागण्डकी नगरपालिका वडा नं. १ मा भीमबहादुर गुरुङ, २ मा होमनाथ लम्साल (अर्जुन), ३ मा विवेक खनाल, ४ मा थमनबहादुर क्षेत्री, ५ मा भोजराज लामिछाने, ६ मा जयश्वर पाण्डे, ७ मा हरि तिमिल्सिना, ८ मा बिलबहादुर गुरुङ, ९ मा विनोद रावत, १० मा विमल राना, ११ मा रविन्द्रविक्रम थापा र १२ मा तुलबहादुर ठकुरी सभापति बनेका छन् ।

    भिमाद नगरपालिकाका नौ वडामा तुलसी सिग्देल, गोविन्द तिमिल्सिना, केशबहादुर मल्ल, बोमबहादुर थापा, देवीराज अधिकारी, ज्ञानबहादुर थापा, सोमराज सुवेदी, खिमनारायण अधिकारी र पूर्णबहादुर थापा सभापति चयन भएका छन् । भानु नगरपालिकाका १३ वडामा अर्जुनकुमार श्रेष्ठ, मदन क्षेत्री, टेकबहादुर लामा, महेश आचार्य, प्रेमबहादुर अधिकारी, प्रकाश वाग्ले, कृष्णकुमार श्रेष्ठ, ईश्वरबहादुर घिमिरे, धीरेन्द्र पाण्डे, सन्तोष सापकोटा, राजेश अधिकारी, कृष्ण ठकुरी र हरि खड्का सभापति बनेका छन् ।

    त्यस्तै देवघाट गाउँपालिकाका पाँच वडामा बाबुराम परियार, दिलबहादुर बाचे मगर, गंगासिंह बिक, यमबहादुर गुरुङ र अमर फेवाली मगर सभापति चयन भएका छन्। आँबुखैरेनीका छ वडामा दिपक थापा, सरोज पन्त, कुमार थापा मगर, टेकबहादुर थापा, नरमान गुरुङ र सुनराम गुरुङ चयन भएका छन् ।

    ऋषिङ गाउँपालिकाका आठ वडामा धनबहादुर थापा, खेमबहादुर राना, भुवन थापा, आत्माराम पौडेल, उमबहादुर थापा, माधव थापा, इन्द्रबहादुर आले र तेजबहादुर थापा सभापति बनेका छन् । घिरिङ गाउँपालिकाका पाँच वडामा ज्यमबहादुर थापा, लालबहादुर थापा, नूनबहादुर थापा (सम्राट), वीरबहादुर थापा र मनुराम थापा सभापति चयन भएका छन् ।

    म्याग्दे गाउँपालिकाका सात वडामा महेन्द्र आले, पदम थापा, दधिराज श्रेष्ठ, राजेन्द्र वाग्ले, प्रकाश श्रेष्ठ, श्रीकृष्ण गुरुङ र वीरेन्द्र वाग्ले सभापति बनेका छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा बाबुराम पोख्रेल, शिवबहादुर थापा, हर्रबहादुर थापा, कृष्णकान्त भट्टराई, रामनाथ भट्टबचबष् र मिनबहादुर गुरुङ सभापति चयन भएका छन् ।