


तनहुँ ७ असाेज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दीपुर गाउँ कार्यसमितिमा नेतृत्व चयनका लागि सहमति जुटेको छ। सहमतिअनुसार गाउँ कार्यसमितिको सभापतिमा परशुराम अधिकारी सर्वसम्मत भएका छन् ।
त्यस्तै उपसभापतिमा अशोक गुरुङ र महिला उपसभापतिमा लिला गिरी सर्वसम्मत चयन भएका छन्। सचिवमा सुनिल श्रेष्ठ तथा सहसचिवमा रामहरि नैनाबस्ती सर्वसम्मत भएका छन् । कार्यसमिति सदस्यमा कोमा थापा, नारायण खड्का, रामशरण मग्राती, आशलाल गुरुङ र सुदीप भट्टराई सर्वसम्मत भएका छन् ।
यसैगरी जिल्ला सदस्यमा रिता तिवारी र कर्णबहादुर गुरुङ सर्वसम्मत भएका छन् । बन्दीपुर गाउँ कार्यसमितिमा नेतृत्व तथा पदाधिकारी चयनमा सहमति जुटे पनि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न भने बाँकी रहेको छ।