कांग्रेस व्यास नगर समितिको सचिवमा गौरव पन्थ सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कांग्रेस व्यास नगर समितिको सचिवमा गौरव पन्थ सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ ७ असाेज । नेपाली कांग्रेस व्यास नगर कार्यसमितिको सचिवमा गौरव पन्थ सर्वसम्मत निर्वाचित भएका छन्।

    सचिव पदका लागि पन्थको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन्। सचिव पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि पन्थलाई सर्वसम्मत चयन गरिएको हो।

    पन्थ लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। व्यास नगर कार्यसमितिको सचिवको जिम्मेवारी पाएसँगै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा कार्यकर्ताबीच समन्वय बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।