


तनहुँ, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो।
व्यास नगर सभापतिमा तुल्सीराम सापकोटा, भिमाद नगर सभापतिमा अर्विन श्रेष्ठ, भानु नगर सभापतिमा राजन श्रेष्ठ, शुक्लागण्डकी नगर सभापतिमा कृष्णप्रसाद रेग्मी, घिरिङ गाउँ सभापतिमा सुमन थापा मगर, ऋषिङ गाउँ सभापतिमा याम सारु मगर, आँबुखैरेनी गाउँ सभापतिमा सोम दर्लामी र बन्दीपुर गाउँ सभापतिमा परशुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, म्याग्दे गाउँ सभापतिमा मतदानमार्फत नरसिंह राना विजयी भएका छन् भने देवघाट गाउँ सभापतिमा अर्जुन अधिकारी निर्वाचित भएका छन्।
यससँगै तनहुँका सबै १० पालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ।