सिम्लेको सडक खोल्न र एक्लेखेतका बाढीपीडितलाई राहत दिन सांसद न्यौपानेको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिम्लेको सडक खोल्न र एक्लेखेतका बाढीपीडितलाई राहत दिन सांसद न्यौपानेको माग

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८३, बिहीबार

    तनहुँ ८ असाेज । तनहुँ क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपानेले शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले शुक्लागण्डकी नगरपालिका–१ सिम्लेदेखि तल्लीपोखरी जाने सडक पहिरोका कारण अवरुद्ध हुँदा स्थानीय पोल्ट्री किसानहरू मर्कामा परेको बताए। सडक अवरुद्ध हुँदा कुखुराका लागि आवश्यक दाना ढुवानी तथा उत्पादित सामग्री बजारसम्म पुर्‍याउन समस्या भएको भन्दै उनले तत्काल सडक सञ्चालनमा ल्याउन माग गरे ।

    त्यस्तै, शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा बाढीका कारण १० घर डुबानमा परेको उल्लेख गर्दै सांसद न्यौपानेले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे। बाढीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उनकाे भनाइ थियाे ।