तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा मोहनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा मोहनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८३, बिहीबार

    तनहुँ, ८ असोज । नेपाली कांग्रेसका युवा नेता मोहनकुमार श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    व्यास नगरपालिका–५ का श्रेष्ठले स्थानीय तहदेखि पार्टी संगठन र युवा राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी व्यास नगरपालिका–५ का पूर्ववडाध्यक्ष तथा प्रवक्तासमेत भइसकेका छन्।

    नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

    श्रेष्ठले पार्टीभित्र युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण र कार्यकर्ताको भावना प्रतिनिधित्व गर्ने विषयलाई प्राथमिकतामा राखेको बताइएको छ। स्थानीय कांग्रेस कार्यकर्तामाझ लामो समयदेखि सक्रिय रहेका कारण उनी युवापंक्तिमा परिचित रहेको समर्थकहरूको भनाइ छ।

    श्रेष्ठको राजनीतिक यात्रा स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीदेखि पार्टीका विभिन्न संगठनात्मक भूमिकासम्म फैलिएको देखिन्छ।

    श्रेष्ठले पार्टीभित्र आफ्नो अनुभव, युवा पुस्ताको आवाज र स्थानीय कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाएर प्रतिनिधित्वका लागि अघि बढेको बताएका छन्।