


सिन्धुपाल्चोक, ८ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता सगुन श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने भएका छन्।
जुगल गाउँपालिकाको सभापतिको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित क्षेत्रीय सभापतिमा उम्मेदवारी अघि सारेको बताएका छन्।
स्थानीय तहदेखि पार्टी संगठनमा काम गरेको अनुभवलाई क्षेत्रीय तहमा उपयोग गर्दै कार्यकर्ताबीच समन्वय, संगठन सुदृढीकरण र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।