


तनहुँ, ९ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि पदमा उमा गोतामेले उम्मेदवारी घोषणा गरेकी छन् ।
भानु नगरपालिकाको उपप्रमुख गोतामेले दलित तर्फबाट महाधिवेशन प्रतिनिधि पदको लागि उम्मेदवारी दिने बताइन् । उनले “एकता, सहकार्य र समावेशी नेतृत्वका लागि १५औं महाधिवेशन” भन्ने नारा सहित उम्मेदवारी सार्वजनिक गरेकी छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा “पुस्तान्तरण, रुपान्तरण सहित परिवर्तनलाई संस्थागत गर्दै उनले विजय यात्रामा सधैं सँगै रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
आफूलाई अमूल्य मत दिएर विजयी गराइदिन गोतामेले अनुरोध गरिन् ।