


तनहुँ, ९ असोज । अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित श्रीङ्गापथ मार्गको भित्री सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब ११ः५० बजे सडकभन्दा करिब २० मिटर माथिबाट पहिरो खसेपछि प्रहरी चौकी ऋषिङरानीपोखरीसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। प्रहरी टोली परिचालन गरी पहिरो आंशिक रूपमा पन्छाएर साना सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको छ।
सडक पूर्णरूपमा खुलाउन गाउँपालिकासँग समन्वय भइरहेको छ। सोही स्थानमा रहेको कृषि कार्यालय, ऋषिङको भवनमा रहेको प्रहरी चौकीको भवनसमेत पहिरोका कारण जोखिममा परेको प्रहरीले जनाएको छ।