देउरालीमा कन्टेनर सडकबाट २० मिटर तल खस्यो, चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउरालीमा कन्टेनर सडकबाट २० मिटर तल खस्यो, चालक घाइते

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८३, शुक्रबार

    तनहुँ, ९ असोज । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वीराजमार्गमा कन्टेनर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ४५७८ नम्बरको कन्टेनर शुक्रबार साँझ करिब ५ः४० बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको हो।

    दुर्घटनामा मोरङ कठारी गाउँपालिका–१ महेशपुरका ३५ वर्षीय चालक कृष्णकुमार राजवंशी घाइते भएका छन्। उनको टाउको, छाती तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते राजवंशीलाई उपचारका लागि रत्नहरी अस्पताल, दमौली पठाइएको छ।

    दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। दुर्घटनामा परेको कन्टेनर घटनास्थलमै रहेको भए पनि सडकमा सवारी आवागमन भने अवरुद्ध भएको छैन।