श्रमिक क्लस्टरबाट बसन्त जिसीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रमिक क्लस्टरबाट बसन्त जिसीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८३, शुक्रबार

    तनहुँ , ९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट श्रमिक क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदमा बसन्त जिसीले उम्मेदवारी दिने भएका छन्। कांग्रेसको महाधिवेशनअन्तर्गत यही १२ र १३ गते प्रदेश तथा क्षेत्रीय अधिवेशन हुँदैछ ।

    भानु नगरपालिका–५ का जिसी यसअघि वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका जिसीले यसपटक पहिलोपटक महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिन लागेका हुन्।

    युवा नेता जिसी सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी व्यासभूमि यातायातका अध्यक्ष समेत हुन्। श्रमिक तथा यातायात क्षेत्रसँग जोडिएर काम गर्दै आएका जिसीले आफूले पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको बताएका छन्।

    जिसीलाई निकटस्थहरूले सबैसँग घुलमिल हुनसक्ने, शालीन र सरल स्वभावका युवा नेताका रूपमा चित्रण गरेका छन्। पार्टीमा लामो समयदेखि निरन्तर सक्रिय भए पनि अहिलेसम्म कुनै ठूलो पार्टीगत जिम्मेवारीमा नरहेका जिसीले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो भूमिका अघि बढाउन खोजेका हुन्। “पार्टीमा निरन्तर सक्रिय रहँदै आएको छु। यसपटक श्रमिक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिने तयारी गरेको छु,” जिसीले भने ।