नदीको जलसतह बढेसँगै देवघाटमा प्रहरी र नगर प्रहरीको गस्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीको जलसतह बढेसँगै देवघाटमा प्रहरी र नगर प्रहरीको गस्ती

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८३, शनिबार

    तनहुँ १० असाेज । नारायणी नदीको जलसतह बढ्दो क्रममा रहेपछि देवघाट गाउँपालिकाले नदी किनार क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।देवघाट गाउँपालिकाका नगर प्रहरी तथा इलाका प्रहरी कार्यालय देवघाटबाट नदी किनार क्षेत्रमा गस्ती गरी स्थानीयवासीलाई माइकिङमार्फत सतर्क गराउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।

    नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र सम्भावित बाढी तथा डुबानबाट सुरक्षित रहन नागरिकलाई आग्रह गरिएको छ। साथै, नदी किनारमा रहेका स्थानीयको अवस्थाबारे निगरानी बढाउँदै आवश्यक सतर्कता अपनाइएको छ ।