


काठमाडौं ११ असाेज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको एक उजुरीका आधारमा उनलाई शनिबार राति नियन्त्रणमा लिइएको हो। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।
उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ ।
२०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।