अविरल वर्षापछि तनहुँका दुई स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अविरल वर्षापछि तनहुँका दुई स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारियो

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ, ११ असोज । अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा घरहरू जोखिममा परेपछि प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।

    आज बिहान राति म्याग्दे गाउँपालिका–२ जामुनेमा अविरल वर्षाका कारण बगरसहितको लेदो बस्तीमा खसेर स्थानीय खिमा देवी विकको दुईतले पक्की घरमा क्षति पुगेको छ । बिहान करिब २ बजे घरमाथिको बारीबाट आएको लेदोले घरको भुइँतलाको बीच कोठाको ढोका, झ्याल तथा पर्खालमा क्षति पु¥याएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जोखिमलाई मध्यनजर गर्दै खिमा देवीसहित परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए ।

    त्यस्तै, घिरिङ गाउँपालिका–१ पुट्टारस्थित गुहिया खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा स्थानीयको घरमा पानी पसेको छ । बिहान करिब ३ः३० बजे आएको बाढीले भुमलाल दरैको घरसहित अन्य ३÷४ वटा ढुङ्गा–माटोले बनेका कच्ची घरको तल्लो तलामा पानी पसेको हो ।

    घरहरू जोखिममा परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पुट्टारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले जोखिममा रहेका घरका परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । घटनामा मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

    अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेकाले स्थानीय प्रशासन तथा प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।