


तनहुँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि (खस आर्य) पदमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् ।”राष्ट्रियता, लोकतन्त्र, समाजवाद : नेपाली कांग्रेसको मूल मन्त्र” र “सुदृढ कांग्रेस, समृद्ध नेपाल” भन्ने नाराका साथ वाग्लेले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
पार्टीभित्र सच्चा, सक्रिय र वैचारिक रूपमा प्रष्ट नेताको छवि बनाएका वाग्ले हाल जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारीमा छन्।जिसस प्रमुखको रूपमा उनले महिला उद्यमशीलता प्रवर्द्धन, पूर्णखोप पालिका घोषणा अभियान, स्वास्थ्य संस्थाको सुदृढीकरण र लैङ्गिक हिंसा विरुद्धको ३६५ दिने अभियानमा उनको सक्रिय भूमिका रहेको छ।
मानव अधिकार र न्यायिक समितिको क्षमता विकासमा समेत उनले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।उम्मेदवारी घोषणा गर्दै वाग्लेले पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । पार्टीको आन्तरिक एकता र सुदृढ संगठन, युवा शक्ति, अनुभव र सक्रियताको समन्वय, जिल्ला तथा स्थानीय स्तरमा क्रियाशीलता वृद्धि, विचार, नीति र कार्यक्रममा आम कार्यकर्ताको सहभागितार नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने अभियानमा सहयोग पुर्याउँदै आएका छन् ।