ऋषिङमा कालीगण्डकीको बाढीले गोठ बगाउँदा पाँच पशुचौपाया मरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा कालीगण्डकीको बाढीले गोठ बगाउँदा पाँच पशुचौपाया मरे

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ ११ असाेज । तनहुँको ऋषिङ गाउँपालिका–४ मधुवनमा कालीगण्डकी नदीमा आएको बाढीले गोठ बगाउँदा पाँच वटा पशुचौपाया क्षति भएका छन्।बिहीबार बिहान करिब ४ बजे आएको बाढीले स्थानीय शिव श्रेष्ठको काठको खम्बा र जस्तापाताले बनेको गोठ बगाउँदा गोठभित्र रहेका २ वटा वयस्क राँगा र ३ वटा सुँगुरका बच्चा गोठसहित बगाएको हो।

    बाढीका कारण शिव श्रेष्ठको चारकोठे कच्ची घर र सोही स्थानका नारायण श्रेष्ठको तीनकोठे कच्ची घरसमेत जोखिममा परेका छन्।घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी भिरकोट तनहुँबाट प्रहरी टोली खटिएर स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ।