


तनहुँ ११ असाेज । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ माइलीडाँडा टोलमा अविरल वर्षाका कारण ओम राइस मिलको कच्ची भवनमा क्षति पुगेको छ।आइतबार बिहान करिब ११ बजे वर्षाका कारण स्थानीय ५१ वर्षीया सुशिला पन्तले सञ्चालन गरेको ओम राइस मिलको ढुङ्गामाटोले बनेको जस्तापाताको छाना भएको कच्ची भवनको पछाडिको गाह्रो भत्किएको हो।
गाह्रो भत्किँदा गोदाममा राखिएको करिब १०० बोरा धान भिजेर क्षति भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।