तनहुँ-१ बाट ३३ जना महाधिवेशन प्रतिनिधिमा ११० जनाको उम्मेदवारी दर्ता (नाम सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ बाट ३३ जना महाधिवेशन प्रतिनिधिमा ११० जनाको उम्मेदवारी दर्ता (नाम सहित)

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८३, सोमबार

    तनहुँ, १२ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट ३३ जना महाधिवेशन प्रतिनिधिका लागि ११० जनाले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार भएको उम्मेदवारी दर्तापछि विभिन्न क्लस्टर तथा खुलातर्फ गरी ठूलो संख्यामा उम्मेदवारी परेको हो।

    क्षेत्रीय अधिवेशनअन्तर्गत युवा, महिला, पेशागत विज्ञ, अपाङ्गता, अल्पसंख्यक, आदिवासी जनजाति, दलित, मुस्लिम–मधेसी–थारु तथा खसआर्य क्लस्टरका साथै खुला र महिला खुलातर्फ उम्मेदवारी परेको छ।

    ३५ वर्षमुनिको युवा खुलातर्फ दुई पदका लागि आशिष कैनी, पवनलाल श्रेष्ठ, विश्वास पोखरेल, सन्देश रानाभाट लौडारी, सुनिल मिश्र, सुदीप केसी र हरि कुँवर उम्मेदवार बनेका छन्। युवा महिलातर्फ एक पदमा एलिजा ढकाल र रिया गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।

    पेशागत विज्ञतर्फ एक पदका लागि अम्मरबहादुर कुँवर, कमलामोहन वाग्ले, केदार खनाल, महाप्रसाद हडखले र रविन्द्र अधिकारीले उम्मेदवारी दिएका छन्। अपाङ्गता क्लस्टरतर्फ दीपक भट्टराई, प्रकाश पन्थ र सुकुमलाल गुरुङ उम्मेदवार छन्। यसअघि पनि प्रकाश पन्थले तनहुँ–१ बाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएको सार्वजनिक भएको थियो।

    अल्पसंख्यकतर्फ खरसिं दरै र दलबहादुर दुरा तथा दलित खुलातर्फ अमृतबहादुर नेपाली, कृष्ण सुनार, पदमबहादुर परिवार र रामकृष्ण विश्वकर्माले उम्मेदवारी दिएका छन्। दलित महिलातर्फ उमा गोतामे र चन्द्रमाया परियार उम्मेदवार छन्। उमा गोतामेको उम्मेदवारी यसअघि नै सार्वजनिक भएको थियो।

    आदिवासी जनजाति खुलातर्फ तीन पदका लागि अशोककुमार श्रेष्ठ, काशीराम श्रेष्ठ, गोविन्द श्रेष्ठ, तिलबहादुर थापा, तुलबहादुर गुरुङ, बिपिन गुरुङ, वीरबहादुर थापा, बिरेन गुरुङ, बैसबहादुर गुरुङ, यमु गुरुङ, युवराज आले मगर, रबिन भुजेल, राजेन्द्र पिया र रेशमलाल गुरुङ उम्मेदवार बनेका छन्। जनजाति महिलातर्फ दुई पदका लागि आशा थापा, चिजा श्रेष्ठ, पञ्चमाया गुरुङ र सरिता गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। पञ्चमाया गुरुङले यसअघि जनजाति महिलातर्फ उम्मेदवारी घोषणा गरेकी थिइन्।

    मुस्लिम, मधेसी, थारु क्लस्टरतर्फ एक पदका लागि जमिर हुसेन र मोहम्मद जब्बर दिन मिया उम्मेदवार बनेका छन्।

    खसआर्य खुलातर्फ दुई पदका लागि अमर भण्डारी, कुषाग्र मणि बिमली, गोविन्द ढकाल, टिकाराम हडखले, नहकुल अधिकारी, परमेश्वर भट्टराई, प्रविन तिमल्सेना, महेशराज भट्टराई, शान्तिरमण वाग्ले, सुदीप बंश न्यौपाने र हरिदत्त पौडेल उम्मेदवार छन्। खसआर्य महिलातर्फ एक पदमा सान्नानी पाण्डे र सिर्जना तिवारी उम्मेदवार बनेका छन्।

    महाधिवेशन प्रतिनिधि खुलातर्फ १० पदका लागि २८ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमा उत्तम मिश्र, उदयराज गौली, कमल पण्डित, केशव अधिकारी, गोविन्द भट्टराई, दीपक भट्टराई, देवकुमार श्रेष्ठ, नवीनराज पौडेल, बसन्तबहादुर आले, बिमलप्रसाद भट्टराई, बेलबहादुर अधिकारी, बैकुण्ठनाथ न्यौपाने, रघुनाथ पौडेल, राजकुमार श्रेष्ठ, राजु बानियाँ, रामकुमार श्रेष्ठ, रामचन्द्र अधिकारी, रामचन्द्र पोखरेल, लक्ष्मीप्रसाद आचार्य, लक्ष्मीभक्त खनाल, विश्वराज पौडेल, शरदचन्द्र खनाल, श्यामकुमार मौराती, सहदेव अधिकारी, सुरेश भट्टराई, शैलेश खाती, सुशील तिमल्सिना र हरिमान श्रेष्ठ रहेका छन्।

    यसैगरी खुला महिलातर्फ चार पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारमा अपना खनाल, गौकुमारी न्यौपाने, चिनु पोख्रेल, नारायणी अधिकारी, पवित्रा गौली, वीणा कैनी, मिरा जोशी, विद्या खनाल, शोभा बदु अधिकारी, सीता खनाल, सकिना खातुन, सुधा कट्टेल जोशी र सुशीलादेवी शर्मा रहेका छन्।

    श्रमिकतर्फ एक पदका लागि बसन्त घर्ती, रमेशचन्द्र हड्खले, राजु ढकालकाे उम्मेदवारी दर्ता भएकाे छ ।

    प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित एक पदका लागि ओजराज पौडेल, पुष्पा देवी श्रेष्ठ
    ,बृष राज श्रेष्ठ, रोजन वानियाँ, सतिश चन्द्र न्यौपाने, समुन्द्र गोदार र दलित खुल्ला एक पदका लागि कृष्ण वहादुर रुचाल र होम वहादुर रसाइलीकाे उम्मेदवारी परेकाे छ ।