वैकुण्ठ न्यौपानेद्वारा कांग्रेसका निर्वाचित प्रतिनिधिलाई बधाई, आन्तरिक एकता र संगठन सुदृढीकरणमा जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैकुण्ठ न्यौपानेद्वारा कांग्रेसका निर्वाचित प्रतिनिधिलाई बधाई, आन्तरिक एकता र संगठन सुदृढीकरणमा जोड

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८३, बिहीबार

    तनहुँ, १५ असोज । नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका विभिन्न तहमा सर्वसम्मत तथा निर्वाचित सम्पूर्ण प्रतिनिधिलाई बधाई ज्ञापन गरेका छन्।

    न्यौपानेले निर्वाचनका क्रममा केही अग्रज तथा प्रतिभावान् साथीहरू विभिन्न तहमा निर्वाचित हुन नसकेकोमा दुःख व्यक्त गर्दै निर्वाचन अभियानमा भएका कमी–कमजोरीबाट पाठ सिक्नुपर्ने बताएका छन्।

    निकट भविष्यमा हुने स्थानीय तथा प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका विभिन्न तहमा निर्वाचित प्रतिनिधिहरूले अग्रजहरूको सम्मान गर्दै संगठनलाई थप सुदृढ, अनुशासित र एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

    जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा अझै आन्तरिक प्रतिस्पर्धाका विभिन्न चरण पार गर्न बाँकी रहेको उल्लेख गर्दै न्यौपानेले लोकतान्त्रिक विधि र प्रतिस्पर्धालाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन्।

    क्षेत्रीय तहसम्मका निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने तथा निर्वाचन कार्यमा खटिएका सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। साथै, तनहुँ क्षेत्र नं. १ को निर्वाचनका क्रममा सबै मतदातासँग प्रत्यक्ष सम्पर्कमा आउन नसकेकोमा क्षमायाचना गर्दै विवेकपूर्ण मतदानमार्फत आफूलाई विजयी गराउने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।