महाधिवेशन प्रतिनिधिमा निर्वाचित वाग्लेद्वारा धन्यवाद ज्ञापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशन प्रतिनिधिमा निर्वाचित वाग्लेद्वारा धन्यवाद ज्ञापन

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८३, बिहीबार

    तनहुँ, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शान्तिरमण वाग्लेले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउनुहुने सम्पूर्ण मतदाता, अग्रज, नेता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

    वाग्लेले निर्वाचनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सद्भाव र समर्थन गर्नुहुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छन्।