तनहुँमा १८ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १८ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८३, शुक्रबार

    तनहुँ १६ असाेज । तनहुँको भानु नगरपालिका–१ साजबोटेबाट प्रहरीले १८ एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानुतर्फ जाँदै गरेको ग २४ प २४७१ नम्बरको अप्रिला स्कुटरलाई शङ्कास्पद लागेर रोकी जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

    प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ।