


काठमाडौं । सरकारले असोज महिनाको पहिलो ‘करदाता प्रोत्साहन पुरस्कार’ का विजेताहरूको नाम सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘लक्की ड्र’ मार्फत विजेताहरू घोषणा गरिएको हो ।
यस पटक २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा एक जनाले १० लाख रुपैयाँ राशिको बम्पर उपहार हात पारेका छन् । बम्पर उपहारको विजेता कुपन नम्बर ०७३११०२०२५७१ रहेको छ । विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर दाबी गर्न सक्नेछन् । उनले कर कट्टीपछि सात लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
असोज १ देखि १५ गतेसम्मको अवधिमा भएका कारोबारमध्येबाट उनी बम्पर विजेता छानिएका हुन् ।
त्यसैगरी, असोज १ देखि १५ गतेसम्मको १५ दिनका लागि १५ जना दैनिक विजेताहरूको पनि घोषणा गरिएको छ । दैनिक विजेताका रूपमा छानिएका प्रत्येक उपभोक्ताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् । सरकारी नियमानुसार २५ प्रतिशत कर कट्टी भएपछि उनीहरूले खुद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दैनिक विजेताहरूको कुपन नम्बर:
