एलिजा ढकालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एलिजा ढकालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८३, शनिबार

    तनहुँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एलिजा ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

    महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै ढकालले कांग्रेसलाई सांगठनिक रूपमा थप सुदृढ गर्दै पुनर्जागरणको बाटोमा अघि बढाउन युवा पुस्ताको सक्रिय र रचनात्मक हस्तक्षेप आवश्यक रहेको बताएकी छन्।

    उनले विगतका नीतिगत कमजोरी सच्याउँदै लोकतन्त्रप्रति निष्ठावान जनतामा कांग्रेसप्रतिको आकर्षण पुनः बढाउनुपर्नेमा जोड दिएकी छन्। साथै पुस्ताबीच फाटो नभई सहकार्य र सहअस्तित्व कायम गर्दै सहमति र एकताको माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

    सांगठनिक परिवर्तन र पुनर्जागरणसँगै कांग्रेसका आधारभूत मान्यतामा अविचलित सिद्धान्तनिष्ठ पार्टी निर्माण गर्ने अभियानमा योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको ढकालले बताएकी छन्।

    उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै महाधिवेशन प्रतिनिधिहरूबाट साथ, सहयोग, अभिमत र शुभेच्छाको अपेक्षा गरेकी छन्।