


काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले पार्टीको १५औँ महाधिवेशनमा युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
तिमिल्सिनाले अग्रज तथा साथीहरूको आशीर्वाद र सहयोगको अपेक्षासहित उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसलाई सैद्धान्तिक, संगठनात्मक र रणनीतिक रूपमा थप सशक्त बनाउन पूर्ण रूपमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले युवाको सहभागिता, संगठन सुदृढीकरण र पार्टीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उम्मेदवारी घोषणा गर्दै उनले सम्पूर्ण अग्रज तथा साथीहरूबाट साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरेका छन्।