बिहानै पोखरा–मुग्लिन सडकमा चालक सचेतना, १३१ सवारी चालकलाई सम्झाइबुझाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहानै पोखरा–मुग्लिन सडकमा चालक सचेतना, १३१ सवारी चालकलाई सम्झाइबुझाइ

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    तनहुँ, १८ असोज । बिहानको समयमा बढ्दै गएको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पोखरा–मुग्लिन सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

    आज बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्न चालकहरूलाई सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।

    त्यसक्रममा २८ वटा दुईपाङ्ग्रे, २७ वटा साना चारपाङ्ग्रे र ७६ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको थियो।

    प्रहरीका अनुसार बिहानको समयमा हुने दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाप्रति चालकलाई थप जिम्मेवार बनाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।