रवि लामिछाने : ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछाने : ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    काठमाडौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाँच वर्षसम्म बालेन्द्र शाहकै नेतृत्वमा सरकार सञ्चालन हुने बताएका छन्।

    केन्द्रीय सदस्य बैठकमा बोल्दै लामिछानेले पार्टीको निर्णय र नेतृत्वप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे ‘ल्याप्चे नै लगाउनुपरे पनि तयार रहेको’ बताएका हुन्।

    उनले बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन गर्ने विषयमा पार्टीभित्र स्पष्ट धारणा रहेको बताउँदै पाँच वर्षसम्म सरकारको नेतृत्व शाहले नै गर्ने दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।