तनहुँको भानुमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको भानुमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    तनहुँ, १८ असोज । तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट दश मिटर तल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकामा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो ।