सडक दुर्घटना न्यूनीकरणका लागि सिर्दीमा संकेत चिन्ह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक दुर्घटना न्यूनीकरणका लागि सिर्दीमा संकेत चिन्ह

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    तनहुँ १८ असाेज। मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–५ सिर्दीमा सडक भासिएको स्थानमा दुर्घटना न्यूनीकरणका लागि संकेत चिन्ह राखिएको छ।सडक भासिएको स्थानमा सवारी चालकलाई जोखिमबारे पूर्वजानकारी गराउने उद्धेश्यले सामाजिक अभियन्ता सुदीप गफ्फार र कृष्ण प्रजापतिको सक्रियतामा संकेत चिन्ह राखिएको हो।

    सडकको अवस्था कमजोर रहेको उक्त स्थानमा रातिको समयमा तथा तीव्र गतिमा गुड्ने सवारी साधनलाई थप जोखिम हुन सक्ने भएकाले चालकलाई सचेत गराउन संकेत चिन्ह राखिएको अभियन्ताहरूले बताएका छन्।