


तनहुँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित सन्तोष घिमिरे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन्।
पार्टीको केन्द्रीय कार्यालयबाट उनलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनित गरिएको हो। मनोनयनपछि घिमिरेले आफूलाई प्राप्त भएको जिम्मेवारीलाई ‘राजनीतिक न्याय’ का रूपमा लिएको बताएका छन्।
मनोनित भएपछि घिमिरे १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुन काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पुगेका छन्। उनले महाधिवेशनमा सक्रिय सहभागिता जनाउने बताएका छन्।
घिमिरेले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्।