तनहुँ कांग्रेसमा अचम्मको अवस्था : पराजित सन्तोष मनोनित, बराबरीका देवकुमार–केशव अझै अन्योलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कांग्रेसमा अचम्मको अवस्था : पराजित सन्तोष मनोनित, बराबरीका देवकुमार–केशव अझै अन्योलमा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८३, सोमबार

    तनहुँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भइसक्दा पनि तनहुँ–१ बाट महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुंगिन सकेको छैन।

    तनहुँ–१ को खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार देवकुमार श्रेष्ठ र केशव अधिकारीले समान ३२४/३२४ मत प्राप्त गरेपछि प्रतिनिधि चयनको विषय विवादित बनेको हो।

    महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भइसके पनि बराबर मतको विषय समाधान नहुँदा श्रेष्ठ र अधिकारीमध्ये प्रतिनिधिका रूपमा कसरी सहभागी गराउने भन्ने अन्योल कायमै छ। कांग्रेसको आधिकारिक महाधिवेशन विवरणअनुसार १५औँ महाधिवेशन असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा हुँदैछ।

    विवाद समाधानका लागि दुवै पक्षबीच सहमति जुटाउने प्रयास भइरहेको नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन्।

    यसैबीच, तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका सन्तोष घिमिरेलाई केन्द्रबाट मनोनित गरिएको छ। तर, तनहुँ–१ मा समान मत पाएका श्रेष्ठ र अधिकारीको विवाद भने अझै टुंगिन सकेको छैन।