तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८३, शुक्रबार

    तनहुँ २३ असाेज। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूलोढुङ्गास्थित पृथ्वी राजमार्गमा बियर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः३० बजे मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको बियर बोकेको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो ।

    दुर्घटनापछि ट्रक चालक फेला नपरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बेपत्ता चालकको खोजी कार्य जारी रहेको छ ।