जिप दुर्घटनामा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिप दुर्घटनामा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८३, बिहीबार

    जाजरकोट, २९ असोज । जाजरकोट, जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

    त्यस्तै, जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
    घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । आज बिहान करिब २:०० बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।