


तनहुँ, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका तनहुँका दुवै उम्मेदवार पराजित भएका छन्।
तनहुँ कांग्रेसका सभापति जितप्रकाश आलेले २ हजार २१३ मत प्राप्त गरेका छन् भने सुशील तिमिल्सिनाले १ हजार ६१६ मत प्राप्त गरेका छन्। तर, दुवै उम्मेदवार निर्वाचित हुन सकेनन्।
कांग्रेस गण्डकी भूगोलमा किरणबाबु श्रेष्ठसहित तीन जना विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा किरणबाबु श्रेष्ठसहित तीन जना विजयी भएका छन्।
प्राप्त मतपरिणामअनुसार किरणबाबु श्रेष्ठले २ हजार ४९५ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका छन्। त्यस्तै, रेशमबहादुर बानियाँले २ हजार २९२ र खुमाप्रसाद अर्यालले २ हजार २८७ मत प्राप्त गर्दै विजयी भएका छन्।