मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८३, आईतवार

    रौतहट, १ कात्तिक । रौतहटको मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

    आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार रहेका थिए।

    दुर्घटनामा मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुर बस्ने ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरिया देवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।