एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८३, मंगलवार

    काठमाडौँ, ३ कात्तिक । एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू हुने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) लागु गर्ने निर्णय भएको जानकारी दिएको हो ।

    यससँगै नेपाली क्रिकेटमा नयाँ उपलब्धि थपिएको छ । डीआरएसको प्रयोगले खेलका क्रममा अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिनेछ, जसले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्नेछ ।

    एनपीएलको तेस्रो संस्करणमा आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरु पनि धमाधाम भित्रिरहेका छन् ।

    एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुदैछ ।